संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश सिफारिसको सम्भावना

संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश सिफारिसको सम्भावना

काठमाडौँ : आज संवैधानिक परिषद्को बैठक आज बस्दै छ।

प्रधानन्यायाधीश, रिक्त रहेका संवैधानिक अंगमा सिफारिसलगायत विषयमा छलफल गर्न साँझ ५ बजे बस्ने बैठकमा अघिल्लो बैठकका बाँकी एजेण्डा पनि समावेश गरिनेछ। 

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि यही २० साउनमा सकिँदै छ। तर, संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न सकेको छैन। आजको बैठकले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गर्ने सम्भावना छ। 

महालेखा परीक्षकको पद पनि रिक्त छ। टंकमणि शर्माले ६ बर्से कार्यकाल पूरा गरी ७ जेठदेखि अवकाश लिएपछि सो पद रिक्त रहेको हो।

संविधानअनुसार महालेखा परीक्षकको पदावधि सकिन एक महिना बाँकी रहँदै सिफारिस गर्नुपर्ने हुन्छ। 

साउन १८, २०८० बिहीबार ०७:३४:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।