माओवादी केन्द्रीय समति बैठक आज पनि जारी

माओवादी केन्द्रीय समति बैठक आज पनि जारी

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज पनि जारी रहनेछ।

बुधबारदेखि सुरु बैठक साउन २१ गतेसम्म जारी रहनेछ। बैठकको पहिलो दिनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित १७ जना केन्द्रीय सदस्यले आ-आफ्नो धारणा राखेका छन्।

आज बिहान ११ बजेदेखि सुरु हुने आजको बैठकमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि नेताहरूले धारणा राख्दैछन्।बैठकमा मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीबारे छलफल भइरहेको छ।

बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी रहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ।

साउन १८, २०८० बिहीबार ०७:२५:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।