सोनापुर मिनरल्सको प्रिमियम आइपिओ आउँदै, कति पर्ला प्रति कित्ता !

सोनापुर मिनरल्सको प्रिमियम आइपिओ आउँदै, कति पर्ला प्रति कित्ता !

काठमाडौँ : नेपाल धितोपत्र बोर्डले सोनापुर मिन्रल्स एन्ड आयल लिमिटेडलाई प्रिमियम मूल्यमा आइपिओ निष्कासनको अनुमति दिएको छ। असार १७ गते बोर्डले  कम्पनीलाई आइपिओ निष्कासनको अनुमति दिएको हो।

कम्पनीले सोना ब्रान्डका सिमेन्टहरू उत्पादन तथा बिक्री गर्दै आइरहेको छ। कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अङ्कित मूल्य थप प्रिमियम सहित एक अर्ब ६६ करोड ६१ लाख ४९ हजार ७३८ रुपैयाँ बराबरको १ करोड २३ लाख २०० कित्ता शेयर निष्कासन अनुमति पाएको हो।

कम्पनीले आयोजना प्रभावित क्षेत्रमा बासिन्दाहरूका लागि एक सय रुपैयाँ अङ्कित मूल्यमा १२५ रुपैयाँ थप प्रिमियम सहित प्रति कित्ता २२५ रुपैयाँमा शेयर निष्कासनको अनुमति पाएको छ।

सर्वसाधारणको लागि एक सय  रुपैयाँ अङ्कित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा थप प्रिमियम सहित प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा शेयर निष्कासन गर्न अनुमति पाएको छ।

 कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

साउन १७, २०८० बुधबार २१:५३:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।