पलकी बहिनी रोडिजमा, भनिन्- म ६ वर्षको हुँदासम्म हिँड्न सक्दैनथेँ

पलकी बहिनी रोडिजमा, भनिन्- म ६ वर्षको हुँदासम्म हिँड्न सक्दैनथेँ

काठमाडौं : साउन १५ गतेबाट हिमालय टेलिभिजनमा प्रसारणमा आएको रियालिटी शो ‘हिमालय रोडिज सिजन ५’मा अभिनेता पल शाहकी बहिनी रोशनी पुगिन्।

उनले आफ्नो बाल्यकालको अवस्थाबारे सुनाउँदा जजहरू भावुन बने। दाङ घर भएकी रोशनीले आफ् ७–८ वर्षसम्म पनि हिड्न नसकेको बताउँदै अहिलेको अवस्थामा आउन निकै संघर्ष गरेको बताइन्।

शो कि जज प्रियंकाले आफूले रोशनीको बाल्यकालका सबै कुरा सुनेको भए पनि सबैसामु राख्न आग्रह गरेपछि उनले पनि आफ्ना कुरा राखिन्।

‘म अहिले जुन स्टेजमा उभिएको छु। यो अर्को जुनी सम्झन्छु,’ उनले भावकु हुँदै भनिन्, ‘म बच्चाको बेला यो कुरामा माइनर लाग्थ्यो। फ्यामिलीमा सेयर गर्दा ला यस्तो पनि भयो होला र भन्ने लाग्थ्यो। म ५–६ वर्षसम्म हिड्न सक्दिनँ थिए। यो हिपले घिस्रेर नै हिड्थेँ।’

रोशनीका कुरा सुनेका जज प्रियंका कार्की, र्यापर आशिष राना लाउरे, अनुपविक्रम शाही र दीया मास्के भावुक बने।

रोशनीले रोकिइनन्। भावुक हुँदै उनले आफ्नो परिवार बुबाआमा र दादाले नै हेरचाह गरेर अहिले उभिनसक्ने भएको बताइन्।

‘त्यो कुरा सम्झँदा चाहिँ मेरो परिवार, मेरो बुबाआमा र दादा हुनुहुन्छ घरमा। उहाँहरूले मेरो निकै हेरचाह गर्नुभयो,’ उनले भनिन्, ‘के कारणले हिपले हिड्नुपर्ने हो भनेर कारण खोज्दा जन्मने बेलामा पोलियो आएको थियो रे।’

त्यो समयमा स्वास्थ्य चौकी भए पनि औषधि उपचार नपाएको बताइन्।

‘म ६ वर्षपछि मात्रै हिड्न थालेको हो,’ उनले भावुक हुँदै भनिन्।

स्टेजबाट उनले आफ्नो परिवारलाई सम्झँदा जज अनुपबिक्रम शाहीका आँखामा आँसु बगिरहेका थिए।

जजले बुबाआमालाई सम्झिएपछि नाम लिन आग्रह गरेपछि उनले बुवाको नाम मिनबहादुर, आमाको नाम सीता मल्ल शाह र दाइको नाम पूर्ण बिक्रम शाह उर्फ पल शाहको भएको बताइन्।

साउन १७, २०८० बुधबार १९:५२:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।