बौद्ध – जोरपाटी क्षेत्रमा त्रास फैलाएर रकम असुलेको आरोपमा पाँच जना पक्राउ

बौद्ध – जोरपाटी क्षेत्रमा त्रास फैलाएर रकम असुलेको आरोपमा पाँच जना पक्राउ

काठमाडौँ : बौद्ध तथा जोरपाटी लगायतका स्थानहरूमा सर्वसाधारणलाई कुटपिट गरेर गैर कानुनी रूपमा पैसा मागेको आरोपमा पाँच जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई अभद्र व्यवहार गरेको आरोपमा समातेको हो।

कार्यालयले मेलम्चीका श्याम बहादुर लामा, रामेछापका विक्की लामा, मेलम्चीका भीम बहादुर बस्नेत, गोविन्द गजमेर र प्रवीण तामाङलाई पक्राउ गरेको हो।

स्थानीयवासीसँग झगडा गर्दै निहुँ खोजेर पैसा माग्ने, कुटपिट गर्ने लगायतका गतिविधि गरेर डर त्रास फैलाएको उनीहरूमाथि आरोप लागेको छ।

साउन १७, २०८० बुधबार १९:३१:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।