सरकारले नै संसद् चल्न दिएन : ओली

सरकारले नै संसद् चल्न दिएन : ओली

काठमाडौं : प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफैँले संसद बैठक चल्न नदिएको आरोप लगाएका छन्।

पछिल्लो सुन तस्करी प्रकरणबारे सांसदहरूलाई बोल्न नदिन सरकारले सभामुखलाई दबाब दिएर संसद बैठक सूचना टाँस गरेर स्थगित गर्न बाध्य बनाएको ओलीको तर्क छ।

तुलसीलाल अमात्य स्मृति दिवसको अवसर पारेर बुधबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले भने, ‘उहाँहरू संसदमा आवाज उठ्छ भनेर अस्तीका दिन संसद चल्न दिनुभएन। किनभने सांसद बोल्छन् भनेर। हामीले संसद् चलाऊँ भनेका छौं। सांसदहरू बोल्नुहुन्छ। आवाजहरु उठाउनुहुन्छ। जनताको भनाइ भन्नुहुन्छ। सांसदले बोल्न पाउनुपर्यो। सरकार सांसदलाई बोल्न दिँदैन।’

अध्यक्ष ओलीले सरकार आफैँ संलग्न भएकाले सो सुन तस्करी प्रकरणमा आफूहरुले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्नुपरेको बताए।

साउन १७, २०८० बुधबार १८:४५:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।