जमैकासँग बराबरी खेल्दै ब्राजिल पनि विश्वकपको समूह चरणबाटै बाहिरियो
ब्राजिल फिफा महिला विश्वकपको समूह चरणबाटै बाहिरिएको छ।
नेपाली समयअनुसार आज दिउँसो सकिएको समूह चरणको अन्तिम खेलमा ब्राजिल जमैकासँग गोलरहित बराबरीमा रोकिएको हो।
समूह चरणका तीनमध्ये एक हार, एक बराबरी र एक खेलमा जित निकालेको ब्राजिलसँग मात्र ४ अंक भएको छ। जुन अघिल्लो चरण प्रवेशका लागि पर्याप्त भएन। समूह 'एफ' मा रहेको ब्राजिलले यसअघि फ्रान्ससँग २-१ गोलअन्तरले हार बेहोरेको थियो भने पानामालाई ४-० गोलअन्तरले हराएको थियो।
यो समूहबाट फ्रान्स र जमैका अन्तिम १६ मा प्रवेश गरेका छन्। जमैकाले २ खेलमा बराबरी र एक खेलमा जित निकाल्दै पाँच अंक बनाएर समूह उपविजेता भन्दा फ्रान्सले भने दुई खेलमा जित र एक बराबरी गर्दै शीर्ष स्थानमा रहन सफल भयो।
आजै भएको समूह चरणमा आफ्नो अन्तिम खेलमा स्वीडेनसँग २-० गोलअन्तरले हार बेहोर्दै अर्जेन्टिना पनि समूह चरणबाटै बाहिरिएको छ।
साउन १७, २०८० बुधबार १७:५८:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।