सुरेन्द्र जोशीले एम्बुलेन्स किन्न शंखरापुर नगरपालिकालाई २५ लाख दिए

सुरेन्द्र जोशीले एम्बुलेन्स किन्न शंखरापुर नगरपालिकालाई २५ लाख दिए

काठमाडौँ : काठमाडौँका सुरेन्द्र जोशीले शंखरापुर नगरपालिकालाई एम्बुलेन्स किन्न २५ लाख रुपैयाँ सहयोग गरेका छन्। उनले नगरपालिका क्षेत्रमा बिरामी भएकाहरूलाई सहजै उपचारका लागि अस्पताल लैजान व्यक्तिगत सहयोग गरेका हुन्।

उनको सहयोगको मूल्याङ्कन गर्दै नगरपालिकाले बुधवार कार्यक्रमको आयोजना गरेर उनलाई प्रशंसा पत्र सहित सम्मान गरेको थियो।

जोशीको सहयोगबाट स्वास्थ्य उपचारजस्तो मानवीय सेवालाई सहज बनाई एम्बुलेन्सबाट बिरामीहरूलाई समयमै अस्पताल पुर्याउन सहज गराउन सहयोग गरेको भन्दै नगरपालिकाले सम्मान गरेको थियो।

आफ्नो नगरको स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउन योगदान दिन पाएकोमा जोशीले खुसी व्यक्त गरेका थिए। कार्यक्रममा शंखरापुर नगरपालिकाका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष लगायत उच्च पदस्थ अधिकारी उपस्थिति थिए।

साउन १७, २०८० बुधबार १७:३८:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।