केन्द्रीय समिति बैठककै दिन माओवादी केन्द्रीय सदस्य एमाले प्रवेश

केन्द्रीय समिति बैठककै दिन माओवादी केन्द्रीय सदस्य एमाले प्रवेश

काठमाडौं : माओवादी केन्द्रीय समिति बैठक सुरु भएकै दिन केही केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन्।

केन्द्रीय सदस्य विरेन्द्र यादव, मधेश प्रदेश सदस्य सलाउद्दिन अहमद, कृष्णमोहन प्रसाद यादव र पर्सा जिल्ला कमिटी सदस्य दिपेन्द्र चौधरी लगायतका नेताहरूले पार्टीको केन्द्रीये समिति बैठककै दिन पार्टी परित्याग गरेका हुन्।

उनीहरू बुधबार नै एमाले प्रवेश गरेका छन्। उनीहरूलाई एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी प्रवेश गराएको एमाले नेता महेश बस्नेतले जानकारी दिए।

साउन १७, २०८० बुधबार १५:५९:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।