शेयर बजारमा सामान्य सुधार, कारोबार भने घट्यो

शेयर बजारमा सामान्य सुधार, कारोबार भने घट्यो

काठमाडौं : कारोबार हुने साताको चौथो दिन बुधबार शेयर बजारमा समान्य सुधार आयो।

मंगलबार घटेको शेयर बजारमा बुधबार ९.२५ अंकको सुधार आउँदै नेप्से २०८६.८४ विन्दुमा पुग्यो। सेन्सेटिभ इन्डेक्स पनि १.५६ अंकले बढेर ३९८.२८ विन्दुमा चढ्यो।

कारोबार उपसूचकहरु पनि यसदिन बढेका छन्। तेह्रमध्ये तीन उपसूचक जलविद्युत्, लघुवित्त र व्यापार समूह मात्रै राताम्मे भए। बाँकी सबै समूह उकालो लागे।

कारोबार रकम भने मंगलबारको तुलनामा घट्यो। यसदिन २६९ कम्पनीका ९३ लाख ३८ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८१ करोडको कारोबार भयो। मंगलबार १ अर्ब ९१ करोडको कारोबार भएको थियो।

कारोबार रकमको हिसाबले शिवम् सिमेन्टले सबैभन्दा बढी ११ करोडको कारोबार गर्दा दोस्रो स्थानमा सानिमा बैंकको प्रोमोटर शेयर छ। उसको शेयरमा ८ करोड ९० लाख रुपैयाँको कारोबार भयो।

साउन १७, २०८० बुधबार १५:०८:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।