सभामुख छाडेका बाबुराम कोशीको आर्थिक मामिला मन्त्री बन्ने, साँझ पाँच बजे सपथ

सभामुख छाडेका बाबुराम कोशीको आर्थिक मामिला मन्त्री बन्ने, साँझ पाँच बजे सपथ

काठमाडौं : सभामुखबाट राजीनामा दिएर सरकार गठनको लागि समर्थन गरेको कोशी प्रदेश सांसद बाबुराम गौतमलाई सत्ता गठबन्धनले आर्थिक मामिला तथा योजना मन्त्रालय दिने भएको छ।

सरकार गठनका लागि हुँदाखाँदाको सभामुख पद गुमाएपछि उनलाई उक्त मन्त्रालय दिन लागिएको हो। योसँगै बिहान साढे बजे हुने भनेर रोकिएको शपथग्रहण कार्यक्रम साँझ पाँच बजे हुने भएको छ।

अब माओवादीबाट गौतमको नेतृत्वमा सरकारमा सहभागी हुने तय भयो। यस्तै, एकीकृत समाजवादीले भौतिक पूर्वाधार मन्त्रालय पाउने भएको छ।

एकीकृत समाजवादीका कमल प्रसाद जवेगु भौतिक पूर्वाधार मन्त्री बन्ने भए। नेपाली कांग्रेसका प्रदीप सुनुवारलाई भने सामाजिक विकास मन्त्रालयको जिम्मा दिने तयारी छ।

थप मन्त्रीको नियुक्ति भने सरकारले विश्वासको मत लिएपछि मात्र गर्ने तयारी छ।

कोशीमा सरकार बनाउन आवश्यक ४७ मत भए पनि सत्ता गठबन्धनसँग ४६ मत मात्र थियो। सरकार गठनकै लागि सभामुख गौतमलाई राजीनामा दिन लगाएर उद्धव थापाको नेतृत्वमा सरकार बनेको हो।

साउन १७, २०८० बुधबार १४:२०:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।