लाइभ नगरिएको बैठकमा प्रचण्डले भने' माओवादी पार्टी जस्तै भएन'

लाइभ नगरिएको बैठकमा प्रचण्डले भने' माओवादी पार्टी जस्तै भएन'

काठमाडौँ : माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी पार्टीजस्तो नभएको बताएका छन्।

केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै उनले पार्टीमा नेता तथा कार्यकर्ताको विशाल पङती रहेको तर पार्टी भने पार्टी जस्तो नभएको बताएका हुन्। उनले बुधवारबाट सुरु भएको केन्द्रीय समितिको बैठकलाई

पार्टी पुनर्निर्माणको ऐतिहासिक थालनी बनाउनुपर्ने बताएका थिए।

उनले अहिलेको सरकारको कामका कारण जनतामा नयाँ आशा पलाएको दाबी गरेका थिए। सरकारमाथि जनताको भरोसा बढेको बढेको र यसलाई पार्टीको सङ्गठनमा रूपान्तरण गर्न उनले पार्टीका नेताहरूलाई निर्देशन दिएका थिए।

लामो समयको अन्तरालपछि बुधवारबाट माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बसेको हो। बैठक लाइभ गर्ने भनिए पनि पछि निर्णय बदलिएको थियो।

साउन १७, २०८० बुधबार १३:५९:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।