माओवादीले केन्द्रीय समिति बढाएर चार सय सात बनाउने

माओवादीले केन्द्रीय समिति बढाएर चार सय सात बनाउने

काठमाडौँ : माओवादी केन्द्रले केन्द्रीय समितिको सङ्ख्या बढाएर ४ सय सात पूर्याउने भएको छ। महिला र युवासँगै छुटेका नेतालाई केन्द्रमा ल्याउन ३ सय ८५ सदस्यीय केन्द्रीय समितिलाई ४ सय ७ सदस्यीय बनाउने निर्णय गरेको हो।

बुधवार बिहान बसेको पदाधिकारी र स्थायी कमिटी बैठकले केन्द्रीय समिति विस्तारको निर्णय गरिसकेको छ।

बुधवारबाटै पार्टीको केन्द्रीय समिति बैठक सुरु हुँदैछ। सोही बैठकमा विधान संशोधन प्रस्ताव पेस गर्ने र पारित गर्ने उसको तयारी छ।

केन्द्रीय समितिबाट विधान संशोधन गरेर महिला, युवा र छुटेका केही सिनियर नेताहरूलाई केन्द्रीय समितिमा समावेश गर्ने माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका थिए।

माओवादीले प्रारम्भमा केन्द्रीय समितिको बैठक कांग्रेसले जस्तै लाइभ गर्ने निर्णय गरेको थियो। तर पछि लाइभ नगर्ने निर्णय गरेको थियो।

साउन १७, २०८० बुधबार १३:०७:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।