जुवाखालबाट पक्राउ परेका वडाध्यक्षसहित अन्य व्यक्ति राजनीतिक दलका नेता र कार्यकर्ता

जुवाखालबाट पक्राउ परेका वडाध्यक्षसहित अन्य व्यक्ति राजनीतिक दलका नेता र कार्यकर्ता

धनगढी : धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित बसपार्कमा रहेको कलेल होटलबाट पक्राउ परेका १० मध्ये दुई जना वडाध्यक्ष रहेको खुलेको छ।

उनीहरूको साथबाट प्रहरीले एक लाख ४ हजार ८ सय १० रुपैयाँसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। 

मंगलबार उक्त होटलबाट पक्राउ पर्नेमा पूर्वीचौकी गाउँपालिका- २ का वडाध्यक्ष योगेन्द्र ठकुल्ला र वडा नम्बर ५ का अध्यक्ष खडक साउद रहेका जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

पक्राउ परेका अन्य व्यक्तिहरू पनि विभिन्न राजनीतिक दलसँग जोडिएका नेता र कर्मचारी रहेका पाइएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार होटल सञ्चालक तेजबहादुर कलेल पनि पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा डोटीको विपीनगरका ३० वर्षीय सुजित खड्का, डोटी पूर्वीचौकी गाउँपालिका वडा नम्बर ६ का ३० वर्षीय खड्क साउँद, सोही ठाउँका पुरनबहादुर खड्का, देवबहादुर खड्का, योगेन्द्र खड्का, गोदावरी नगरपालिका वडा नम्बर ३ का ३२ वर्षीय कुवेर खड्का, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर २ का धनबहादुर विष्ट, ३५ वर्षीय अमित बोहरा र दीपायल-सिलगढी नगरपालिका वडा नम्बर ६ का अविनाश  कठायत रहेका छन्। 

साउन १७, २०८० बुधबार १२:१९:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।