केन्द्रीय समिति बैठक लाइभ गर्ने कदमबाट पछि हट्यो माओवादी

काठमाडौँ : केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसार गर्ने कदमबाट नेकपा माओवादी केन्द्र पछि हटेको छ।
बुधबार बिहान केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठक लाइभ नगर्ने निर्णय गरेको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए।
‘पदाधिकारी बैठकले केन्द्रीय समिति बैठक लाइभ गर्ने निर्णय गरेको थियो। तर पदाधिकारीभन्दा ठूलो स्थायी समिति बैठकले लाइभ गर्न हुँदैन भन्ने निर्णय गर्यो,’ महराले भने।
केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे कमलादीस्थित नेपाल प्रज्ञा भवनमा सुरु हुँदैछ।
यसअघि माओवादीले केन्द्रीय समिति बैठक लाइभ गर्ने बताएको थियो।
बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को कामकारबाही, पार्टीको स्थिति र अब के गर्ने भन्नेजस्ता विषयमा प्रतिवेदन पेश हुनेछन्।
साउन १७, २०८० बुधबार १०:२९:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।