साडियो माने पनि रोनाल्डो सहभागी साउदी क्लब नासरमा आबद्ध
सेनेगल राष्ट्रिय टिमका फरवार्ड साडियो मानेले जर्मन क्लब बार्यन म्युनिख छाडेका छन्।
३१ वर्षीय माने युरोपको फुटबल क्लब छाडेर क्रिस्टियानो रोनाल्डो आबद्ध साउदी क्लब अल नासरमा आबद्ध भएका हुन्।
उनी अघिल्लो सिजन मात्र इंग्लिस क्लब लिभरपुर छाडेर बार्यनमा आबद्ध भएका थिए।
च्याम्पियन्स लिगको खेल हारेपछि माने म्यानचेस्टर सिटीको ड्रेसिङ रुममा लिरो सानेसँग हातपातमा उत्रिएका थिए। ३५ मिलियन पाउण्ड खर्चिएर बार्यनले लिभरपुलबाट मानेलाई भित्र्याएको थियो।
बायर्नका सीईओ जान क्रिश्चियन ड्रिसनले मानेले अल नासेरसँग चार वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन्। एनफिल्ड (लिभरपुलको मैदान) छोडेपछिको वर्ष मानेलाई सजिलो नभएको पनि उनले बताएका छन्।
यसअघि मंगलबार बायर्नका प्रबन्धक थोमस टुचेलले आफू र मानेले 'गाँठो खोल्नु नै उत्तम समाधान हो' भन्नेमा सहमति जनाएका बताएका थिए।
मानेले सन् २०१६ देखि २०२२ सम्म लिभरपुलमा रहँदा १९६ खेलमा ९० गोल गरेका थिए भने बार्यन म्युनिखमा एक वर्ष रहँदा २५ खेलमा सात गोल गरेका थिए।
यता साउदी क्लब अलनासरले डिसेम्बरमा पाँच पटकको बालोन डीओर विजेता रोनाल्डोलाई अनुबन्ध गरेको थियो। यो समरमा क्रोएसियाली मिडफिल्डर मार्सेलो ब्रोजोभिक, ब्राजिलियन फुल ब्याक एलेक्स टेल्स र आइभरी कोस्टका मिडफिल्डर सेको फोफानालाई पनि भत्र्याइसकेको छ।
साउन १७, २०८० बुधबार ०९:२६:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।