१६ वर्षपछि प्रतिवादी पक्राउ

१६ वर्षपछि प्रतिवादी पक्राउ

सर्लाही : सर्लाहीमा जबर्जस्ती करणी मुद्दाका फरार एक जना प्रतिवादी १६ वर्षपछि पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा साबिक बरहथवा गाविस वडा नम्बर ७ का उदय कुमार पण्डित रहेका छन्। 

प्रहरीका अनुसार पण्डितले २०६६ साल जेठ २ गतेका दिन अन्दाजी ४ बजे सोही ठाउँ बस्ने जाहेरवालाको ६ वर्षीया नाबालिक छोरीलाई जबरजस्ती करणी गरी भागेका थिए। 

पण्डितलाई जबरजस्ती करणी मुद्दामा सर्लाही जिल्ला अदालतको मिति २०६९ असार ३१ गते १२ वर्ष  कैद र ५० हजार क्षतिपूर्ति फैसला गरेको थियो। 

पीडक प्रतिवादी पण्डितलाई प्रहरीले गाउँमा  लुकीछिपी बस्दै गरेको अवस्थामा साउन १४ गते पक्राउ गरेको हो।

पण्डितलाई सर्लाही जिल्ला अदालतमा पेश गरेर सजाय भुक्तानका लागि सिन्धुली जिल्ला कारागार पठाइएको छ। 

साउन १७, २०८० बुधबार ०७:२६:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।