छुटे लालबहादुर, जिल्ला अदालतको आदेश बदर

छुटे लालबहादुर, जिल्ला अदालतको आदेश बदर

काठमाडौं : उच्च अदालत विराटनगरले लालबहादुर विश्वकर्मालाई सफाइ दिएको छ।

मंगलबार उच्च अदालतका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको इजलासले ठगी तथा बैंकिङ कसुरमा सुनसरी जिल्ला अदालतले आदेश बदर गरेको हो।

सुनसरी जिल्ला अदालतले लालबहादुरलाई इजाजत नलिइ बैंकिङ तथा वित्तीय कारोबार गरेर सर्वसाधारणको रकम उठाएर ठगी गरेकोमा दोषी ठहर गर्दै लालबहादुरलाई ३ करोड १४ लाख ११ हजार १ सय ४८ रुपैयाँ बिगोसहित ठगी मुद्दामा ७० हजार जरिवाना र एक वर्ष ६ महिना कैद तोकेको थियो।

सुनसरी जिल्ला अदालतले २०७८ पुस १९ गते लालबहादुरलाई जेल चलान गर्ने आदेश दिएको थियो।

साउन १६, २०८० मंगलबार २१:३०:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।