आयल निगमले बढायो पेट्रोल र डिजेलको मूल्य, ग्यासको भाउ घट्यो

आयल निगमले बढायो पेट्रोल र डिजेलको मूल्य, ग्यासको भाउ घट्यो

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

निगमले पेट्रोलमा ९ रूपैयाँ, डिजेल र मट्टितेलमा ७ रूपैयाँ बढाएको छ।

त्यस्तै एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटाएको छ।

भारतबाट मूल्य बढेर आएका कारण बढाइएको आयल निगमले जानकारी दिएको छ।

अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १७०, दोस्रो वर्गमा १७२ र तेस्रो वर्गमा १७३ रुपैयाँ पुगेको छ।

त्यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १५०, दोस्रोमा १५२ र तेस्रो वर्गमा १५३ रुपैयाँ कायम भएको छ।

एलपी ग्यासको मूल्य भने प्रतिलिण्डिर १६६० मा झरेको छ।

साउन १६, २०८० मंगलबार २१:१४:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।