भारतमा सडक निर्माणस्थलमा क्रेन खस्दा १७ जनाको मृत्यु

भारतमा सडक निर्माणस्थलमा क्रेन खस्दा १७ जनाको मृत्यु

एजेन्सी : भारतको पश्चिमी राज्य महाराष्ट्रमा सडक निर्माणस्थलमा क्रेन खस्दा कम्तीमा १७ जना कामदारको मृत्यु भएको छ।

महाराष्ट्रको राजधानी मुम्बईबाट करिब ७१ किलोमिटर उत्तरपूर्वमा पर्ने ठाणे जिल्लाको शाहापुर नजिकै उक्त घटना भएको हो।

प्रहरीका अनुसार उद्धारका लागि भारतीय राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ)को टोली घटनास्थलमा पुगिसकेको छ।

घाइते तीनै जनालाई नजिकैको अस्पतालमा लगिएको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई राहतस्वरूप आर्थिक सहयोग दिने घोषणा गरेका छन्।

साउन १६, २०८० मंगलबार २०:५३:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।