संघीय शिक्षा ऐन संसद्मा पठाउन मन्त्रिपरिषद्को स्वीकृति

संघीय शिक्षा ऐन संसद्मा पठाउन मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं : सरकारले लामो समयदेखि प्रतिक्षारत संघीय शिक्षा ऐन संसद्मा पेश गर्ने भएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा ऐन संसद्मा पेश गर्नका लागि स्वीकृति दिएको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

उनले भनिन्, ‘लामो समयदेखि प्रतिक्षारत रहेको संघीय शिक्षा ऐन क्याबिनेटले संसद्मा पठाउन स्वीकृति दिएको छ।’

मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अर्थात् संघीय शिक्षा ऐन लामो समयदेखि क्याबिनेटमा अड्किएर बसेको थियो।

साउन १६, २०८० मंगलबार १९:४०:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।