लम्पीस्किनबाट पशुचौपाया मरेका किसानलाई क्षतिपूर्ति दिने सरकारको तयारी

लम्पीस्किनबाट पशुचौपाया मरेका किसानलाई क्षतिपूर्ति दिने सरकारको तयारी

काठमाडौं : सरकारले लम्पी स्किन रोगका कारण पशुचौपाया मरेका किसानलाई क्षतिपूर्ति दिने तयारी थालेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रोगका कारण पशुचौपाया मरेका किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनका लागि कृषि मन्त्रालयले प्रस्ताव बनाएर ल्याउन निर्देशन दिइएको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

‘दुखी गरिबहरुको एउटा भैँसी मर्नु पनि ठूलो कुरा हो, त्यसका निम्ती राहत र क्षतिपूर्तिको व्यवस्थाका लागि कृषि मन्त्रालयले प्रस्ताव बनाएर ल्याउने कुरा भाको छ,’ उनले भनिन्, ‘त्यो प्रस्तावअनुसार मन्त्रिपरिषद्ले अर्कोपटक निर्णय गर्ने भन्नेकुरा भएको छ।’

औषधि र बीमाको विषयसँगै कृषि मन्त्रालयले ल्याएको प्रस्ताव र मापदण्डका आधारमा निर्णय हुने मन्त्री शर्माले बताइन्। साथै खोप सरकारले निःशुल्क उपलब्ध गराउने निर्णयसमेत भएको उनको भनाइ छ।

यस्तै, विश्व वातावरण सुविधाबाट प्राप्त हुने २० करोड २२ लाख अनुदान स्वीकार गर्ने निर्णयसमेत सरकारले गरेको छ।

त्यसैगरी, संघीय शिक्षा ऐन संसद्मा पेश गर्नका लागि मन्त्रिपरिषद्ले स्वीकृति दिएको र विज्ञापन नियमन गर्ने नियमावली २०८० को संशोधन स्वीकृत गरिएको उनले बताइन्।
 

साउन १६, २०८० मंगलबार १९:३३:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।