‘आइएमई पे’मा कनेक्ट आइपीएसबाट बैंक लिङ्क गरी कारोबार गर्न सकिने

‘आइएमई पे’मा कनेक्ट आइपीएसबाट बैंक लिङ्क गरी कारोबार गर्न सकिने

काठमाडौं : ‘आइएमई पे’ले आफ्नो एपमा कनेक्ट आइपीएसबाट बैंक खाता लिङ्क गरी भुक्तानी गर्ने सुविधाको सुरुवात गरेको छ।

विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको यस सेवाबाट ग्राहकले ‘आइएमई पे’मा आफ्नो बैंक खाता लिङ्क गर्न सक्नेछन्।

यसका लागि ‘आइएमई पे’मा रहेको लिङ्क भाया कनेक्ट आइपीएस छनोट गरी आफ्नो बैंक खाता लिङ्क गर्नुपर्नेछ। लिङ्क भइसकेपछि एपमा पैसा लोड गर्न तथा खाताबाट सोझै भुक्तानी सहज रूपमा गर्न सकिनेछ।

साउन १६, २०८० मंगलबार १८:५८:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।