चितवनमा ट्रक र मोटरसाइकल जुध्यो, एक जनाको मृत्यु

चितवनमा ट्रक र मोटरसाइकल जुध्यो, एक जनाको मृत्यु

चितवन : भरतपुर महानगरपालिका-२९ गाईघाटमा ट्रक र मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा पाल्पा घर भएका ३५ वर्षीय सरोज दर्लामी रहेका छन्।

ना. ६ ख ५६४२ नम्बरको ट्रक र लु.३८ प ६५७० नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको छ।

ट्रक चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

साउन १६, २०८० मंगलबार १८:३५:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।