संवैधानिक परिषद्को बैठक १८ गते फेरि बस्ने

संवैधानिक परिषद्को बैठक १८ गते फेरि बस्ने

काठमाडौं : संवैधानिक परिषद्को बैठक १८ गते पुनः बस्ने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकले आगामी १८ गते साँझ पाँच बजे पुनः बैठक बस्ने निर्णय गरेको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए।

१८ गतेको बैठकले प्रधानन्यायाधीश लगायत अन्य रिक्त रहेका संवैधानिक पदहरूको पदपूर्तिका लागि सिफारिस गर्ने उनले बताए।

‘१८ गते पाँच बजे प्रधानन्यायाधीश लगायत अन्य रिक्त रहेका संवैधानिक पदहरूमा पदपूर्तिको विषयमा छलफल गर्ने गरी आजको बैठक स्थगित भयो’, उनले भने।

प्रधानन्यायाधीश र अन्य पदाधिकारीको नामको विषयमा छलफल नभएको र अन्य धेरै विषयमा छलफल भएको उनले बताए।

‘पदाधिकारीको नामको विषयमा बैठक प्रवेश नै गरेन,’ उनले थपे, ‘छलफल अन्य धेरै विषयमा भयो।’
 

साउन १६, २०८० मंगलबार १८:१४:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।