सर्वोच्चबाट पदमुक्त भएका उद्धव थापाले मुख्यमन्त्रीमा पुनः गरे दाबी

सर्वोच्चबाट पदमुक्त भएका उद्धव थापाले मुख्यमन्त्रीमा पुनः गरे दाबी

कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गरेका छन्। 

केही दिनअघि मात्र मुख्यमन्त्रीबाट पदमुक्त भएका थापाले आफूलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका गरी ४७ सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा नियुक्त गर्न माग गरेका छन्। 

नेपाली कांग्रेस संसदीय दलका नेता थापा सभामुख बाबुराम गौतम समेतको समर्थनमा असार २१ मा उनी मुख्यमन्त्री बनेका थिए। तर सर्वोच्चले सरकार गठनमा सभामुखले समर्थन दिनुलाई असंवैधानिक ठहर गरेपछि उनको नियुक्ति बदर भएको थियो। पदमुक्त भएकै दिन उनले फेरि सरकारको नेतृत्वमा दाबी गर्ने बताएका थिए। 

साउन १६, २०८० मंगलबार १७:१२:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।