पानी नपरेपछि पर्सामा दमकल प्रयोग गरेर रोपाइँ

पानी नपरेपछि पर्सामा दमकल प्रयोग गरेर रोपाइँ

पर्सा : हाल पर्साका खेतमा जताततै दमकल भेटिन्छन्। साउनको दोस्रो साता बित्दासमेत पर्याप्त पानी नपरेपछि रोपाइँका लागि दमकलको प्रयोग गर्न थालिएको हो।

अहिले यहाँका किसानहरु खेतमा पानी लगाउन दमकलको चर्को मूल्य तिर्न बाध्य छन्।  डिजलबाट चल्ने दमकलको भाडा प्रति घण्टा रु चार सय तथा बिजुलीबाट चल्नेको घण्टा रु तीन सय तिर्नु परिरहेको पोखरिया–४ का सन्तोषप्रसाद चौहानले बताए।

यसरी रोपिएको धान पनि चर्को घामका कारण गतिलो हुन्छ की हुँदैन भन्ने चिन्ता किसानलाई बेग्लै छ। स्थानीय तहले कुलो सफा नगर्दा गण्डक नहरमा पनि पानी नभएको उनिहरु बताउँछन्।

पर्सामा साउनको दोस्रो साता बित्दा जम्मा ५० प्रतिशत मात्र धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रका बाली विकास अधिकृत सुरेशप्रसाद चौरसियाले जानकारी दिए।

साउन १६, २०८० मंगलबार १६:५१:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।