धारिलो हतियार प्रहारबाट बुढानीलकण्ठमा एक महिलाको हत्या

धारिलो हतियार प्रहारबाट बुढानीलकण्ठमा एक महिलाको हत्या

काठमाडौं : बुढानीलकण्ठ नगरपालिका–४, भसन्थलीमा एक महिलाको हत्या भएको छ।

धारिलो हतियार प्रहार गरेर सप्तरीकी २८ वर्षीया अनिता चौधरीको हत्या भएको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौंले हत्यामा संलग्न रहेको आरोपमा बूढानीलकण्ठ बस्ने ५२ वर्षीय गौरासिंह बोहरालाई पक्राउ गरेको छ।

आइतबार राति चौधरीमाथि धारिलो हतियार प्रहार भएको थियो।

हतियार प्रहारको कारण खुलेको छैन। प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ।

साउन १६, २०८० मंगलबार १६:३१:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।