प्रतिनिधिसभा बैठक साउन २२ गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक साउन २२ गतेसम्मका लागि स्थगित

काठमाडौं : प्रतिनिधि सभाको बैठक साउन २२ गतेसम्मका लागि स्थगित भएको छ।

मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रमुख प्रतिपक्षी दल एमालेले अवरुद्ध गर्ने भएपछि सभामुख देवराज घिमिरेले बैठक साउन २२ गते सम्मका लागि स्थगित गरेका हुन्।

त्यसअघि मंगलबार दिउँसो बैठक सञ्चालनका लागि कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत बसेको थियो।

बैठकमा एमालेले १ सय किलो सुन प्रकरणको छानविनका लागि उच्चस्तरीय छानविन समिति गठनको माग गरेको थियो। छानविन समिति गठन नभएसम्म बैठक चल्न नदिने एमालेको अडान छ।

त्यसपछि सभामुख घिमिरेले साउन २२ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्।

साउन १६, २०८० मंगलबार १५:१४:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।