मंगलबार सेयर बजारमा पहिरो, कारोबार भने बढ्यो
काठमाडौं : कारोबार हुने साताको तेस्रो दिन सेयर बजारमा पहिरो गएको छ।
आइतबार २६ अंकले बढेको बजारमा सोमबार ५ अंकको सुधार आए पनि मंगलबार भने पुनः पहिरो गएको हो।
यसदिन नेप्से २८.५९ अंकले घटेर २०७७.५८ विन्दुमा झर्दा क वर्गका कम्पनीको कारोबार हेर्ने सेन्सेटिभ इन्डेक्स ५.१३ अंकले घटेर ३९६.७२ विन्दुमा छ।
म्युचल फन्ड ०.३५ प्रतिशतले बढ्दा कारोबारका अन्य उपसूचक सबै राताम्मे भएका छन्। सबैभन्दा बढी निर्जीवन बीमा २.४७ प्रतिशतले घटेको छ।
नेप्से ओरालो लागे पनि सोमबारको तुलनामा मंगलबार कारोबार केही बढेको छ।
सोमबार १ अर्ब ८५ करोडको कारोबार भएको बजारमा मंगलबार २६२ कम्पनीका ६० लाख १५ हजार कित्ता शेयर १ अर्ब ९२ करोडमा कारोबार भयो।
कारोबार रकमको हिसाबले यसदिन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले सबैभन्दा बढी ८ करोड ७२ लाखको कारोबार गर्यो।
दोस्रो स्थानमा शिवम् सिमेन्टले ७ करोड ९ लाखको कारोबार गर्दा तेस्रो स्थानमा सोल्टी होटलमा ६ करोड २६ लाखको कारोबार भयो।
साउन १६, २०८० मंगलबार १५:०७:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।