भारतबाट पेट्रोल र डिजेलको मूल्य बढेर आयो, ग्यासमा भने घट्यो
काठमाडौं : भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगम (एनओसी)लाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ।
नयाँ मूल्यसूचीअनुसार डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धनको मूल्य बढेर आएको छ। खाना बनाउने ग्यासको मूल्य भने घटेको छ।
आईओसीले एनओसीलाई मंगलबार पठाएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर ७ रुपैयाँ ८७ पैसा, डिजेल ६ रुपैयाँ ६१ पैसाले बढेर आएको निगमले जनाएको छ।
यस्तै मट्टितेल ७ रुपैयाँ ५० पैसा र हवाई इन्धन झन्डै ८ रुपैयाँ बढेर आएको छ। ग्यासको मूल्य भने प्रतिसिलिन्डर करिब एक सय रुपैयाँ घटेर आएको छ।
निगमले आईओसीले पठाएको सूचीअनुसारै नेपालमा पनि स्वचालित प्रणालीबाट मूल्य समायोजन गर्ने उनको भनाइ छ। आईओसीले हरेक १५-१५ दिनमा नयाँ मूल्यसूची पठाउँछ।
साउन १६, २०८० मंगलबार १४:५५:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।