‘टेक एक्स २०२३’मा भाइपर स्ट्राइकले जित्यो ‘रोबो वार’को उपाधि
काठमाडौं : सफ्टवेरिकाले कलेजले गरेको ‘टेक एक्स २०२३’मा ‘रोबो वार’को उपाधि ‘भाइपर स्ट्राइक’ समूहले जितेको छ।
आईटी र ई–कमर्स कलेजको रूपमा चिनिएको सफ्टवेरिकाले जुलाइ २७ देखि ३० सम्म आयोजना गरेको थियो।
उपाधिसँगै समूहले ७५ रुपैयाँ नगदसमेत पाएका छन्।
डिल्लीबजारमा आयोजित चार दिने प्रदर्शनीमा सफ्टवेरिका कलेजमा अध्ययनरत विद्यार्थीहरूले तयार पारेका परियोजनाहरू प्रदर्शन गरेका थिए।
कार्यक्रममा ३० भन्दा बढी नव प्रवर्तनहरू थिए र मुख्य आकर्षण रोबोटको लडाकु ‘रोबो वार’ थियो। प्रतियोगितामा ‘काजाडोर’ समूह दोस्रो बन्यो। उसले २५ हजार रुपैयाँ पायो।
कार्यक्रमको उद्घघाटन नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गरेकी थिइन्।
सफ्टवेरिका कलेजमा अध्ययनरत विद्यार्थीहरूले तयार पारेका परियोजनाहरू प्रर्दशन गर्न प्रत्येक वर्ष प्रदर्शनी आयोजना गरिन्छ।
यसपटक ‘आइओटी एक्सपो’ नामले चिनिने सफ्टवेयर प्रदर्शनीलाई ‘टेक एक्सपो’ नाम दिइएको थियो।
प्रदर्शनीको करिब १० हजार जनाले अवलोकन गरेको आयोजकले जनाएको छ।
साउन १६, २०८० मंगलबार १४:३३:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।