टी–२० महिला विश्वकप छनोट खेल्ने प्रारम्भिक टिमको घोषणा, पूर्वकप्तान नेरीको पुनरागमन
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० महिला विश्वकपको छनोट खेल्नका लागि २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।
मलेसियामा हुने टी–२० विश्वकप एसियन क्षेत्रको छनोटका लागि नेपाली महिला राष्ट्रिय टिम तयार गर्न क्यानले प्रारम्भिक टिमको घोषणा गरेको हो। प्रारम्भिक टिममा नेपालकी पूर्वकप्तान नेरी थापा पनि परेकी छन्।
एक महिनापछि मलेसियामा हुने एसियन क्षेत्रको छनोटमा नेपालसहित ११ टिमले प्रतिस्पर्धा गर्दैछन्। जसमध्येबाट २ टिम ग्लोबल छनोटमा पुग्ने छन्।
एसियन क्षेत्रको छनोटमा समूह ‘ए’ मा रहेको नेपालले बहराइन, भुटान, मलेसिया, कतार र यूएईसँग प्रतिस्पर्धा गर्नेछ।
१० टिम सहभागी हुने ग्लोबल छनोटबाट २ टिम विश्वकपका लागि छनोट हुने छन्।
साउन १६, २०८० मंगलबार १३:०६:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।