प्रचण्डलाई भेटेपछि सुदूरपश्चिम सरकारमा जान नागरिक उन्मुक्ति तयार, दुई मन्त्रि पाउने सहमति

प्रचण्डलाई भेटेपछि सुदूरपश्चिम सरकारमा जान नागरिक उन्मुक्ति तयार, दुई मन्त्रि पाउने सहमति

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुन तयार भएको छ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेपछि नागरिक उन्मुक्तिले सरकारमा सहभागी हुने निर्णय गरेको हो। प्रचण्डसँगको छलफलमा सुदूरपश्चिम प्रदेश सरकारमा दुई मन्त्रि पाउने भएको छ।

प्रचण्डसँगको बैठकमा  सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्तिले एक मन्त्री, एक राज्यमन्त्री र दुईवटा संसदीय समितिको सभापति पाउने सहमति भएको बताइएको छ।

यसअघि एक मात्र मन्त्रालय पाउने भनेपछि नागरिक उन्मुक्ति सरकारमा सहभागी भएको थिएन। 

१६ साउन, २०८०, १२:४१:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।