एक वर्षपछि भारतीय टिममा फर्किंदा बुमराह बने कप्तान

एक वर्षपछि भारतीय टिममा फर्किंदा बुमराह बने कप्तान

एजेन्सी : भारतीय टिमका तीव्र गतिका बलर जसप्रित बुमराहले एक वर्षपछि टिममा पुनरागमन जनाएका छन्। 

लामो समयदेखि चोटका कारण टिम बाहिर रहेका उनलाई एक वर्षपछि टिममा फर्किंदा पहिलो खेलमा नै कप्तानको जिम्मेवारी दिइएको छ। 

बुमराहले गतवर्षको सेप्टेम्बरमा अष्ट्रेलियासँगको टी-२० सिरिज खेलेपछि कुनै पनि खेल खेलेका छैनन्। अब उनले तीन सातापछि आयरल्यान्डसँग हुने टी-२० सिरिजमा भारतको कप्तानको रुपमा टिममा पुनरागमन गर्नेछन्। 

भारतले यस सिरिजका लागि नियमित कप्तान हार्दिक पान्ड्या लगायतका आफ्ना प्रमुख खेलाडीलाई विश्राम दिएको छ।बुमराह हालको विश्व क्रिकेटका सर्वाधिक सफल तीव्र गतिका बलर हुन्।

साउन १६, २०८० मंगलबार १२:२१:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।