बीआरआई परियोजनाबाट बाहिरिने तयारी गरेको इटालीले भन्यो, 'हतारमा निर्णय गरेर पछुताइयो'

बीआरआई परियोजनाबाट बाहिरिने तयारी गरेको इटालीले भन्यो, 'हतारमा निर्णय गरेर पछुताइयो'

चीनको महत्वाकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामा ​​संलग्न इटालीले यो परियोजनाबाट बाहिरिन सक्ने बताएको छ। 

इटालीका रक्षामन्त्री गुइडो क्रोसेटोले आइतबार भने, ‘चार वर्षअघि बीआरआईमा सामेल हुनु हतार र हानिकारक निर्णय थियो, हामी छिट्टै बाहिर आउन सक्छौँ, यसले निर्यात बढाउन केही गरेको छैन।'

इटालीले अघिल्लो सरकारको पालामा सन् २०१९ मा बीआरआईमा सामेल हुन सम्झौता गरेको थियो। बीआरईबाट कसरी बाहिरिने भनेर विचार गरिरहेको उनले बताएका छन्। 

बीआरआईमा पुरानो सिल्क रोडको पुनर्निर्माण गर्ने योजना छ, जसले चीनलाई एसिया, युरोप र बाहिरका देशहरूसँग जोड्नेछ। यो आधारभूत परियोजनामा धेरै खर्च हुँदै छ। 

आलोचकहरूले बीआरआईमार्फत चीनले आफ्नो भू-राजनीतिक र आर्थिक प्रभाव बढाउन चाहेको बताउँदै आएका छन्।

'नयाँ सिल्क रोडमा सामेल हुने निर्णय तत्काल र हानिकारक कार्य थियो,' क्रोसेटोले बीबीसीसँग भने।

बीआरआईले चीनतर्फ इटालीको निर्यात धेरै गुणा बढाएको छ, जबकि इटालीको चीनतर्फको निर्यातमा खासै असर परेको छैन। 

इटालीका प्रधानमन्त्री जर्जिया मेलानीले बिहीबार ह्वाइट हाउसमा राष्ट्रपति जो बाइडेनसँग भेट गरेपछि उनको सरकारले अझै पनि बीआरआईबारे छलफल गरिरहेको बताएकी थिइन्।

उनले निकट भविष्यमा बेइजिङको भ्रमण गर्ने पनि घोषणा गरेकी छन्। मेलानीले आइतबार अमेरिकी प्रसारक फक्स न्यूजसँगको अन्तर्वार्तामा भनिन्, ‘हामी यस विषयमा डिसेम्बरअघि नै निर्णय गर्नेछौं।'

साउन १६, २०८० मंगलबार १०:४१:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।