सवारी चेकजाँचका क्रममा प्रहरीमाथि आक्रमण, जवाफी फायरिङ खोल्दा दुई जनाको मृत्यु

सवारी चेकजाँचका क्रममा प्रहरीमाथि आक्रमण, जवाफी फायरिङ खोल्दा दुई जनाको मृत्यु
सांकेतिक तस्वीर

भारतको चेन्नईमा मंगलबार सवारी साधनहरू जाँच गरिरहेको समयमा प्रहरीमाथि आक्रमण भएको छ। 

दुई व्यक्तिले सवारी जाँचका क्रममा एक पुलिस सब-इन्स्पेक्टर (एसआई) माथि आक्रमण गरेका थिए। प्रहरीको जवाफी फाइरिङमा ती दुई जनाको मृत्यु भएको छ। 

मृत्यु भएका ती दुवै जनाको आपराधिक रेकर्ड रहेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी दिँदै प्रहरीले दुवैले छुरा बोकेर बिहान करिब ३ः३० बजे गुडुवनचेरी नजिकै प्रहरी एसआईलाई घाइते बनाएर मार्ने प्रयास गरेको बताएको छ। त्यहाँ रहेका एक प्रहरी अधिकारीले भने, 'उनीहरूले टाउकोमा आक्रमण गरिरहेका थिए, तर मैले आफूलाई बचाउन सकेँ।' 

त्यसपछि ती एसआईले ज्यान जोगाउन एक युवकमाथि गोली हानेका थिए।

प्रहरीका अनुसार एसआईमाथि आक्रमण गर्ने अन्य दुई जना घटनास्थलबाट भागेका थिए। उनका अनुसार प्रहरीले घाइते दुवैलाई चेङ्गलपट्टु सरकारी अस्पताल पुर्याएको थियो, जहाँ चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए।

मृत्यु भएका दुवै अपराधी रहेका र उनीहरूविरुद्ध हत्या, ज्यान मार्ने उद्योग र जबर्जस्ती करणीलगायत ५० भन्दा बढी मुद्दा विचाराधीन रहेको बताए। अधिकारीहरुका अनुसार प्रहरी उपनिरीक्षक शिवगुरुनाथनलाई उपचारका लागि क्रोमपेट सरकारी अस्पतालमा भर्ना गरिएको छ।

साउन १६, २०८० मंगलबार १०:१०:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।