गर्मीसँगै अमेरिकामा बढ्न थाले कोरोना संक्रमित, अस्पताल भर्ना हुने पनि बढे

गर्मीसँगै अमेरिकामा बढ्न थाले कोरोना संक्रमित, अस्पताल भर्ना हुने पनि बढे

अमेरिकामा गर्मीसँगै कोभिड-१९ संक्रमित बढ्न थालेका छन्।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)ले देशमा कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुने बिरामीको संख्या बढेको चेतावनी दिएको छ।

तथ्यांकअनुसार सन् २०२२ को डिसेम्बरको तुलनामा अस्पताल भर्ना हुने बिरामीको संख्यामा १० प्रतिशतले वृद्धि भएको छ। अमेरिकामा जुलाई १५ सम्म कोरोना संक्रमणका कारण ७ हजार १ सय बिरामी भर्ना भएका छन्। जबकि अघिल्लो साता यो संख्या ६ हजार ४४४ थियो ।

अमेरिकामा कोरोना इमर्जेन्सी रुममा आउने बिरामीको संख्या पनि गत महिनाको तुलनामा बढेको छ। यस्तो अवस्थामा अमेरिकामा कोरोनाको नयाँ लहर आउन सक्ने स्वास्थ्य विभागले चेतावनी जारी गरेको छ।

सीडीसीका कोरोना अफिसर डा. ब्रेन्डन ज्याक्सनले ६-७ महिनाको गिरावटपछि फेरि कोरोनाका घटनामा वृद्धि भएको बताएका छन्। डा जैक्सनले यो गर्मीको लहरसँगै कोरोना संक्रमण सुरुवात हुन सक्छ।

एसियामा कोरोनाको म्युटेजेनिक सबटाइपहरू देखा पर्दा चिन्ता पनि बढेको छ। यद्यपि अमेरिकामा अझै धेरै मानिसहरूले यसलाई चिन्ताको विषय भने बनाएका छैनन्। 

सीडीसीका प्रवक्ता क्याथलिन कोन्लीले गत साता कोरोना गतिविधि बढेको बताइन्। यद्यपि संक्रमणका केसहरू अझै धेरै कम छन्। मृत्यु हुनेको संख्यामा पनि कमी आएको छ।

साउन १६, २०८० मंगलबार ०९:३४:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।