प्रतिनिधिसभा बैठक बस्दै, आज एमालेले के गर्ला ?

काठमाडौँ : हिजो स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दैछ।
दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ।
सोमबार एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति गठन नगरेसम्म बैठक चल्न नदिने अडान राखेपछि सभामुख देवराज घिमिरेले सूचना टाँसेर बैठक स्थगित गरेका थिए।
एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गरिरहेको छ। एमालेले अवरोध गर्ने चेतावनी दिएपछि सभामुख देवराज घिमिरेको निर्देशनमा संघीय संसद्का महासचिव भरतराज गौतमले सोमबार सूचना टाँसेर आज १ बजेसम्मका लागि स्थगित गरेका थिए।
साउन १६, २०८० मंगलबार ०९:२४:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।