धनुषामा भतिजीसँग मिलेर सासुको हत्या

धनुषामा भतिजीसँग मिलेर सासुको हत्या

धनुषा : जिल्लामा भतिजीसँग मिलेर सासुको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

गणेशमान चारनाथ नगरपालिका-५ टडिया बस्ने ७५ वर्षीया बकुलती देवी यादवको हत्या गरेको अभियोगमा सोमबार दिउँसो प्रहरीले उनकै माईली बुहारी ३५ वर्षीया ईन्दिला यादव र जेठो छोरो पट्टीकी नातिनी २२ वर्षीया सुसिला यादवलाई पक्राउ गरेको हो।

घरायसी विवादका कारण ईन्दिला र सुसिलाले बाँसको भाटाले कुटपिट गर्दा बकुलतीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

साउन १५, २०८० सोमबार २०:००:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।