रास्वपाका चार सांसदको पक्षमा अदालतको अल्पकालीन अन्तरिम आदेश, सोविता आफैँले गरेकी थिइन् बहस

रास्वपाका चार सांसदको पक्षमा अदालतको अल्पकालीन अन्तरिम आदेश, सोविता आफैँले गरेकी थिइन् बहस

काठमाडौं : उच्च अदालत, पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् सोबिता गौतमसहित चार जनाको पक्षमा अल्पकालीन अन्तरिम आदेश दिएको छ।

सांसद् गौतमसहित चार जनाले दायर गरेको मुद्दामा उच्च अदालतका न्यायाधीश ऋषिराम दवाडीको एकल इजलासले निर्वाचन आयोगले साउन ९ गतेको प्रेस विज्ञप्ति कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो।

इजलासले दुवै पक्षलाई छलफलका लागि साउन २२ गतेको पेशी तारिखसमेत तोकेको छ। साथै उसले १५ दिनभित्र लिखित जवाफ पेश गर्नसमेत निर्वाचन आयोगको नाममा आदेश दिएको छ।

मुद्दामा सोविताले समेत बहस गरेकी थिइन्। उनलाई वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई, अधिवक्ताहरू कृष्णप्रसाद अधिकारी र सुलभ खरेलले साथ दिएका थिए।

आफूले निर्वाचन खर्चको विवरण समयमै बुझाएको तर आफूहरूलाई सुनुवाइको मौकासमेत नदिई जरिवाना गने निर्णय गरेको भनी गौतमले  रिट दायर गरेकी थिइन्।

गत साउन ९ गते आयोगले निर्वाचन खर्च सार्वजनिक नगरेको भन्दै सोविता लगाायतका २४ सय उम्मेदवारलाई १५ हजार रुपैयाँ जरिबाना गर्ने भन्दै प्रेस विज्ञिप्त सार्वजनिक गरेको थियो।

तर, सोबिताले आफूले मंसिरमै निर्वाचन खर्च विवरण सामाजिक सञ्जाल मा सार्वजनिक गर्दै आयोगमा समेत बुझाएकी थिइन्।

साउन १५, २०८० सोमबार १८:५९:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।