साउनमा नारीलाई लक्षित गर्दै आइएमई पेले ल्यायो ‘प्रिटी उत्सव’

साउनमा नारीलाई लक्षित गर्दै आइएमई पेले ल्यायो ‘प्रिटी उत्सव’

काठमाडौं : आइएमई पेले साउन महिनामा नारीहरूलाई लक्षित गर्दै ‘प्रिटी उत्सव’ नामक अफर सार्वजनिक गरेको छ।

अफर साउन महिनाको दोस्रो सोमबार अर्थात् साउन ८ देखि ३२ गतेसम्म चल्ने कम्पनीले जनाएको छ।

यस अफरमा जित्ने प्रत्येक विजेतालाई प्रिटी क्लिकको पाँच हजार रुपैयाँको भौचर प्रदान गरिनेछ।

सो अफरमा भाग लिन सेवाग्राहीले अफर अन्तरालभरि कम्तीमा एक पटक आइएमई पे मार्फत क्यूआर स्क्यान गरी भुक्तानी गर्नुपर्नेछ।

अफर अन्तराल भरि प्रत्येक ५ दिन पश्चात् गोलाप्रथा मार्फत २ जना विजेता छनोट गरिनेछ। विजेताहरूको नाम सामाजिक सञ्जालबाट घोषित गरिनेछ।

सेवाग्राहीले जुनसुकै क्यूआर मार्फत भुक्तानी गर्न सक्नेछन्।

साउन १५, २०८० सोमबार १६:४५:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।