फोन पे योजनाको विजेता कुलमान घिसिङद्वारा पुरस्कृत
काठमाडौं : भुक्तानी प्रणाली सञ्चालक फोनपे ले ‘फोनपे गर्ने हो, बिजुली को बिल तिर्दा आइफोन १३ जित्ने हो’योजना अन्तर्गत बिजेताको घोषणा गरेको छ।
जेठ महिनाभरी लागू योजनाको विजेता बनेका अनुप सिकर्मीलाई नेपाल विद्युत् प्राधिकरणको कार्यालयमा त्यहाँका प्रबन्ध निर्देशक कुलमान घिसिङले आइफोन १३ मीनी हस्तान्तरण गरेका थिए।
प्रबन्ध निर्देशक घिसिङले बिजेतालाई बधाई दिनुका साथै विद्युतिय भुक्तानीलाई प्रबर्द्धन गरेकोमा फोन पेको विभिन्न कदमको प्रयास गरे।
कार्यक्रममा फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले नेपाली ग्राहकलाई विद्युतीय भुक्तानी प्रणालीमा प्रवेश गराएर विभिन्न सुविधाहरू थप्दै जाने आफूहरूको उद्धेश्य रहेको बताए।
साउन १५, २०८० सोमबार १६:३३:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।