नेप्से बढ्यो, कारोबार घट्यो
काठमाडौं : कारोबार हुने साताको दोस्रो दिन शेयर बजारमा सामान्य बढेको छ।
आइतबार २६ अंकको गिरावट आएको नेप्से सोमबार ५.८४ अंकले बढेर २१०६.१८ विन्दुमा चढेको हो। सेन्सेटिभ इन्डेक्स पनि यसदिन २.१८ अंकले बढेर ४०१.८५ विन्दुमा चढ्यो।
उपसूचक समूह पनि जलविद्युत्, लघुवित्त र म्युचल फन्डबाहेकको सबै बढ्यो। सबैभन्दा बढी व्यापार समूह १.९७ प्रतिशतले बढेको छ।
आइतबार दोहोरो अंकले ओरालो लाग्दा साढे दुई अर्बको कारोबार भएको बजार सोमबार बढ्दा भने झन् खस्किएको छ।
यसदिन २६२ कम्पनीका ५५ लाख ३१ हजार ७३७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८५ करोड ८० लाख रुपैयाँको कारोबार भयो।
साउन १५, २०८० सोमबार १५:२१:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।