हामीले आवाज बुलन्द बनाएपछि सरकार भ्रष्टाचारीको फाइल खोल्न बाध्य भयोः रवि लामिछाने

हामीले आवाज बुलन्द बनाएपछि सरकार भ्रष्टाचारीको फाइल खोल्न बाध्य भयोः रवि लामिछाने
फाइल तस्वीर

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले दबाब दिएका कारण सरकार भ्रष्टाचारीको फाइल खोल्न बाध्य भएको तर्क गरेका छन्। 

सोमबार काठमाडौँमा आयोजित पार्टीको सुदूरपश्चिम-काठमाडौँ सम्पर्क भेलामा सभापति लामिछानेले आफ्नो पार्टीले भ्रष्टाचारविरुद्ध बुलन्द आवाज उठाएकाले सरकार बाध्य बाध्य भएको बताए। 

'जसरी भ्रष्टाचारविरुद्ध बुलन्द आवाज उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी बजाउँदै अगाडि आयो, सम्भवतः यो आगमनले काहीँ न काहीँ सरकारलाई पुराना भ्रष्टाचारका फाइल खोल्न प्रेरणा दिएकै हुनुपर्छ,' उनले भने।

भ्रष्टाचारको फाइल नखोल्ने हो भने २०८४ सालको निर्वाचनमा कमजोर हुने देखिएपछि सरकार र अन्य राजनीतिक दलहरू पनि भ्रष्टाचारविरोधी अभियानमा लागेको उनले बताए।  

आगामी निर्वाचनसम्ममा विदेशमा बस्ने नेपालीलाई मतदान गर्न आफ्नो पार्टीले आवश्यक व्यवस्था मिलाउने प्रयास पनि गरिरहेको उनको भनाइ थियो।

घरघरमा राष्ट्रिय स्वतन्त्र पार्टी पुर्याउने गरी अघि बढ्न उनले पार्टीका नेता-कार्यकर्तालाई सचेतसमेत गराए। 

साउन १५, २०८० सोमबार १५:०७:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।