तयारी गरे पनि राप्रपाको पार्टी कार्यालय भत्काउन गएन महानगरको टोली

तयारी गरे पनि राप्रपाको पार्टी कार्यालय भत्काउन गएन महानगरको टोली

काठमाडौं : काठमाडौं महानगरले राप्रपाको पार्टी कार्यालय भत्काउने तयारी गरे पनि अन्त्यमा महानगरको टोली धुम्बाराही गएन।

महानगरले सोमबार दिउँसो राप्रपाको पार्टी कार्यालय भत्काउने तयारी गरेको थियो। कार्यालय रहेको स्थान हाइटेन्सन लाइनभन्दा तल रहेको र नियम विपरीत त्यहाँ संरचना रहेको भन्दै महानगरले भत्काउने योजना बनाएको थियो।

आइतबारसम्मको अल्टिमेटम दिइएकोमा राप्रपाले खाली नगरेपछि महानगरले डोजर लगाएर भत्काउने तयारी गरेको थियो।

महानगरले डोजर चलाउन लागेको थाहा पाएपछि राप्रपाका कार्यकर्ताहरु केन्द्रीय कार्यालय अगाडि गाडी तेर्साएर बसेका थिए।

साउन १५, २०८० सोमबार १४:५८:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।