प्रतिनिधि सभा बैठक सूचना टाँसेर स्थगित

प्रतिनिधि सभा बैठक सूचना टाँसेर स्थगित

काठमाडौं : प्रतिनिधिसभाको सोमबारका लागि बाेलाइएको बैठक स्थगित भएको छ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्वीन्टल सुनको विषयमा प्रमुख प्रतिपक्षी दल एमालेले उच्च स्तरीय छानबिन समितिको माग गरेर संसद् अवरुद्ध गर्ने पक्कापक्की भएपछि बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित भएको हो।

यसअघि १० साउनमा बोलाइएको बैठकमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले बैठक अवरुद्ध गरेको थियो।

अर्को बैठक मंगलबार दिउँसो १ बजे बोलाइएको संघीय संसद् सचिवालयले जनाएको छ।

यसअघि सोमबार विहान संसद खुलाउने विषयमा कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूबीच छलफल भएको थियो।

साउन १५, २०८० सोमबार १४:४०:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।