प्रधानमन्त्री दाहाल र रास्वपाका प्रमुख सचेतकबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र रास्वपाका प्रमुख सचेतकबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संसद्लाई प्रभावकारी बनाउने विषयमा छलफल भएको हो। यस्तै संसदीय समितिको सभापति चयनका विषयमा समेत छलफल भएको बताइएको छ।

सुन तस्करी उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले संस‌द् अवरुद्ध गर्दै आएको छ।

यसअघि प्रधानमन्त्री दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग समेत भेट गरेका थिए।

संसदीय समिति सभापति चयन, प्रधानन्यायाधीश नियुक्ति लगायतको प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्रीले छलफल अगाडि बढाएका हुन्।

साउन १५, २०८० सोमबार १४:३१:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।