लुकाएर ल्याएको सुनसहित विमानस्थलबाट बैतडीका भण्डारी पक्राउ

लुकाएर ल्याएको सुनसहित विमानस्थलबाट बैतडीका भण्डारी पक्राउ

काठमाडौं : लुकाएर ल्याएकाे सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

विमानस्थानबाट करिब ८१ ग्राम तौलको सुनको ब्रासलेटसहित बैतडीको पाटन नगरपालिका-६ घर भएका ३४ वर्षीय दिपक भण्डारीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।

कतार एयरवेयजको उडानद्वारा काठमाडौं आएका भण्डारीलाई जाँच गर्ने क्रममा उक्त धातुको ब्रासलेट अवैध रूपमा लुकाएर ल्याएको फेला पारेपछि प्रहरीले पक्रेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यसअघि पनि विमानस्थलबाट भित्रिएको करिब १ क्विन्टल सुनकाे बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

साउन १५, २०८० सोमबार १४:१९:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।