सुन प्रकरणको जरैसम्म पुगेर अनुसन्धान हुन्छ : प्रचण्ड

सुन प्रकरणको जरैसम्म पुगेर अनुसन्धान हुन्छ : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन तस्करी प्रकरणलाई अन्तिम निष्कर्षमा पुर्याउने बताएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको पार्टी पदाधिकारी बैठकमा उनले उक्त प्रकरणको जरैसम्म पुगेर छानबिन गर्ने र दोषी देखिएका सबैलाई कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाए।

यही साउन ३ गते राजश्व अनुसन्धान विभागले अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक क्विन्टल सुन बरामद गरेका थियो। हाल सरकारले सो सम्बन्धमा अनुसन्धान गरिरहेको छ।

उक्त प्रकरणमा संलग्न भएको आरोपमा हालसम्म १८ जना पक्राउ परिसकेका छन्।

साउन १५, २०८० सोमबार १३:५६:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।